गौशाला - महोत्तरी जिल्ला क्रिकेट सङ्घको अध्यक्षमा रोशनकुमार सिंह सर्वसम्मत निर्वाचित भएका छन्। जलेश्वरमा सङ्घको आज (शनिबार) भएको विशेष साधारणसभा एवं अधिवेशनबाट अध्यक्ष पदमा सिंह सर्वसम्मत निर्वाचित भएका हुन्।
त्यस्तै सङ्घको उपाध्यक्षमा राजीवकुमार झा, कोषाध्यक्षमा सुनिलकुमार साह र सचिवमा दीपेन्द्रकुमार यादव सर्वसम्मत निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यमा त्रिपितकुमार झा, सचिन मण्डल, लक्ष्मी मण्डल, अजय ठाकुर र राहुलप्रताप सिंह पनि सर्वसम्मत निर्वाचित भएका छन्।
क्यानका केन्द्रीय प्रतिनिधि रामेश्वर श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न विशेष साधारणसभा एवं अधिवेशनले अध्यक्षसहित ९ सदस्यीय जिल्ला क्रिकेट सङ्घ निर्वाचित गरेको छ। (रासस)