काठमाडौँ – भारतीय लोकसभा चुनावको मतगणना सुरु भएको प्रथम दिन नै विश्वभरबाट भारतीय जनता पार्टीलाई बधाई आइरहको छ। बीजेपीले पनि दुई तिहाईको ‘स्वीप’ गर्ने गरी मतगणनामा अग्रता लिइरहको छ।
नेपाली नेताहरुले पनि बीजेपीको अग्रतालाई ‘बिजयी’को रुपमा लिएर बधाई समेत दिइसकेका छन्। यद्यपि अहिले कुनै ठाउँको अन्तिम नतिजा आइसकेको छैन। वडिसा राज्यमा बीजेपीले विजयी प्राप्त गरेको र आन्द्र प्रदेशमा पनि उसको जित भएको मोदीले ट्वीटमार्फत जनाएका छन्।
https://twitter.com/narendramodi/status/1131488026247323648
मोदीले ‘भारतको विजयी भएको’भन्दै ट्वीट समेत गरेका छन्। उनले ट्वीटमा लेखेका छन्, ‘...भारतले फेरि विजयी प्राप्त गरेको छ।’
https://twitter.com/netanyahu/status/1131479880934334465
मोदीलाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिन्दीमा ट्वीट गर्दै शुभकामना दिएका हुन।
मोदीलाई आम आदमी पार्टीका प्रवक्ताले समेत जितको शुभकामना दिएका छन्। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि विजेतालाई बधाई दिएकी छन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि नकारात्मक राजनीति गर्न खोज्नेहरुलाई नागरिकले नकारेको प्रतिक्रिया दिएका छन्। भाजपा अध्यक्ष अमित शाह चुनावी खुसी साट्न घरबाट पार्टी मुख्यालय दिल्ली पुगेका छन्।
मतगणना गर्दै जाँदा ‘उथलपुथल’समेत हुन सक्छ। तर प्रारम्भिक मत परिणामले बीजेपीले धेरै ठाउँमा जित्ने सजिलै आंकलन गर्न सकिन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतीय समकक्षीलाई बधाई दिइसकेका छन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मोदीलाई बधाई दिएका छन्। तर उनले फेसबुकमा ‘मोदीको पार्टीले विजयी प्राप्त गरिसकेको’ आशयका आधारमा बधाई दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना।’ निर्वाचनको मत परिणाम औपचारिक रुपमा घोषणा भने भएको छैन।