आशीष त्रिपाठी, नयाँ दिल्ली - विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतको तल्लो सदन लोकसभा निर्वाचनको मतगणना आज बिहान ८ बजेदेखि शुरू भएको छ। अहिलेसम्मको मतगणनाअनुसार भारतमा फेरि मोदी सरकार आउने संकेत देखिन थालेको छ। अहिलेसम्मको मतगणनाअनुसार बीजेपी ३४२ सिटमा अग्र स्थानमा देखिएको छ। भारतीय लाेकसभाका जम्मा ५४३ सिटमध्ये बहुमतका लागि २७२ सिट ल्याउनु आवश्यक पर्छ।
सत्ताधारी गठबन्धन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले प्रारम्भिक प्रवृत्तहरूमा बहुमत पाएको छ। सन् २०१४ मा नरेन्द्र मोदीको नेतृत्वमा भाजपाले लोकसभाका ५४३ सिटमध्ये २८२ सिट जितेको थियो।
त्यतिबेला २७२ भन्दा बढी सिट पार गरेर बीजेपी पहिलो पटक तीन दशकमा बहुमत जित्ने पहिलो पार्टी बन्न सफल भएको थियो । त्यतिबेला (एनडीए)ले ३३६ सिट जितेको थियो भने विपक्षी संयुक्त प्रगतिशील गठबन्धन कांग्रेस, जसले (यूपीए) सरकारको दोहोरो नेतृत्व गरेको थियो, उसले केवल ४४ सिट जितेको थियो।
अप्रिल ११ मा सम्पन्न पहिलो चरणको चुनावमा मतदाताहरूले लगभग ६० प्रतिशत मतदान गरेका थिए। दोस्रो चरण (अप्रिल १८) र तेस्रो चरण (अप्रिल २३) मा ६९.४३ प्रतिशत मतदान भएको थियो र आमजनताले आफ्नो मताधिकार प्रयोग गरेका थिए । चौथो चरण (अप्रिल २९) मा ६४ प्रतिशत र (मई ६) मतदानको पाँचौं चरणमा ५७.३३ प्रतिशत मतदान भएको थियो । त्यसपछि, ६३.३३ प्रतिशत मतदान (मई १२) मा छैटौं चरणमा रेकर्ड भएको थियो।
त्यसैगरी भारतका अधिकांश ठाउँहरूमा ‘हरहर मोदी, घरघर मोदी’ र ‘फेरि मोदी आयो सरकारमा’ जस्ता नाराहरू मोदी समर्थकहरूले लगाउन थालेका छन्। मोदी सरकारका समर्थकहरूका नाराहरू सबै मतगणना केन्द्रहरूमा लाग्ने भएको छ।समर्थहरूले मोदीको फोटो राखेर मोदीलाई यस समयमा विजयको रूपमा देख्न थालेका छन्। बीजेपीको प्राथमिक गणनामा सिट वृद्धि भएका कारण बीजेपीका समर्थकहरूद्वारा मोदी र अमीत शाहका पोस्टर र ब्यानरहरू ठाउँठाउँमा लगाउन थालिएको छ।