काठमाडौँ – भारतीय लोकसभा निर्वाचनको मतगणनाको नतिजा नआउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न देशका प्रमुखबाट बधाई पाइसकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतीय समकक्षीलाई बधाई दिएका छन्।
https://twitter.com/kpsharmaoli/status/1131464433299935232
ओलीले ट्वीट गर्दै मोदीलाई बधाई दिएका हुन्। ट्वीटमा भनिएको छ, ‘लोकसभा चुनावमा उत्साहजनक मत परिणाम हाँसिल गरेकोमा प्रधानमन्त्री मोदीलाई बधाई दिन चाहन्छु। पूर्ण सफलताको कामनासँगै आगामी दिनमा तपाइसँग मिलेर काम गर्न तत्पर छु।’
https://twitter.com/SushmaSwaraj/status/1131429757831135232
विधानसभा चुनावमा उत्साहजनक नतिजा बटुलिरहेको भारतीय जनता पार्टीले राम्रो नतिजा ल्याउने छाँटकाँट देखाएको छ। भारतीय विदेश मन्त्री सुष्मा स्वराजले पनि भाजपा अध्यक्षसमेत रहेका भारती प्रधानमन्त्री मोदीलाई बधाई दिइसकेकी छिन्।
https://twitter.com/MaithripalaS/status/1131462172893097984
श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले पनि ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन्। उनले ट्वीटमा भनेका छन्, ‘विजय भएकोमा तपाइलाई बधाई र तपाइको ‘लिडरसीप’लाई साथ दिने नागरिकलाई पनि। श्रीलंका आगामी दिनमा भारतसँग सुमधुर र रचनात्मक सम्बन्धमा बस्नेछ।’ भारतका धेरैजसो स्थानमा बीजेपी अग्र स्थानमा देखिएको छ।
बीजेपीले सन् २०१४ मा भएको चुनावको भन्दा धेरै सिट जित्ने विश्लेषण भइरहेको छ।