बुटवल – प्रदेश नं. ५ को नीति तथा कार्यक्रम यही जेष्ठ ९ गते संसदमा पेश हुने भएको छ। मंगलवार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले प्रदेश नं. ५ को आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम स्विकृत गरी प्रदेश सभामा पेश गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले जनाकारी दिए।
प्रदेश सरकारले प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरेको छ।
प्रदेश सरकारले प्रदेश ५ प्राइभेट भर्म दर्ता सम्बन्धमा व्यवस्था गर्न बन्न विधेयकका सम्वन्धमा तयार गरिएको अवधारणा पत्र र प्रदेश ५, साझेदारी सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकका सम्वन्धमा तयार गरिएको अवधारणा पत्रमा सैद्धान्तिक स्विकृति दिने निर्णय समेत गरेको छ।
गएका बर्ष बुटवलमा संचालन भएको पाँचौँ अर्न खुला दोहोरी गीत प्रतियोगिता तथा सांस्कृतिक महोत्सवका लागि लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीलाई ६ लाख अनुदान दिने निर्णय गरेको छ।
‘अर्को पटकलाई नजिर नवस्ने गरी अनुदान दिने निर्णय भएको छ,’ मन्त्री चौधरीले भने– ‘अनुदानलाई कम गर्ने योजना अनुरुप काम भइरहेको छ।’