काठमाडौँ - गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संगठन विभाग प्रमुखको जिम्मेवारी पाउने भएका छन्। तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाभित्र अहिले शक्ति सन्तुलनको नयाँ अभ्यास देखिन थालेको छ।
केही सयमपहिले जिल्ला नेतृत्वको टुंगो लगाएको नेपालले यसै साता जनवर्गीय संगठनहरूको एकता प्रक्रिया टुंग्याएको थियो। आज (मंगलबार) संगठन विभागलगायत विभिन्न विभागहरूको टुंगो लगाउन सचिवालयको बैठक बस्दैछ।
एक स्रोतका अनुसार आज बस्ने सचिवालय बैठकबाट नेता बादलले नेकपाको संगठन विभाग प्रमुखको जिम्मेवारी पाउदैछन्। हालै मात्र प्रचण्डको खेमाबाट अर्का अध्यक्ष केपी शर्मा ओलीको गुटमा आएका भनिएका बादलले पार्टीभित्र पूर्वएमाले मात्रै होइन, पूर्वमाओवादीको समेत भूमिकालाई कमजोर बनाउन सक्ने विश्लेषण हुनु थालेको छन्।
स-साना गुट र सानो पार्टीको महासचिव पदलाई समाल्नसमेत हम्मेहम्मे परेका नेता बादललाई नेकपाका लाखौ कार्यकर्ताको नेतृत्व गर्न सजिलो छैन। उनी आफैमा परिक्षण भइसकेका नेता पनि हुन्।