उत्तर प्रदेश (भारत) – भारतको लखनउ-आगरा राजमार्गमा शनिबार द्रुतगतिमा गइरहेको एक बस दुर्घटना पर्दा कम्तीमा ५ को मृत्यु भएको छ। सो राजमार्गअन्तर्गतको देवखरीमा भएको सो दुर्घटनामा परी अन्य ३० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन्।
दिल्लीबाट यात्रु लिएर बिहारतर्फ गइरहेका अवस्थामा ट्याक्टरको ट्रलीमा ठोक्किएर बस दुर्घटनामा परेको बताइएको छ। घाइतेमध्ये १ दर्जनभन्दा बढीलाई थप उपचारका लागि लखनउ ट्रमा सेन्टरमा लगिएको अधिकारीहरूले जनाएका छन्।
घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ। (रासस/एएनआई)