एडेन, यमन – यमनमा पछिल्लो दुई दिनमा भएका विभिन्न घटनामा परी कम्तीमा ८३ जना मारिएका छन्। द्वन्द्वग्रस्त यस अरबी मुलुकमा मारिनेमा यमनी र विषेश गरेर हुथी विद्रोही लडाकूहरु रहेको अधिकारीहरुले जानकारी दिएका छन्।
हुथीहरुले विषेश गरेर तीन बन्दरगाहलाई प्रयोग गर्ने गरेको बताइएको छ। संयुक्त राष्ट्रसंघीय अधिकारीहरूले शान्ति सम्झौताको पहल गरिरहेका बेला हिंसात्मक घटना भने जारी रहेका छन्।
हुथी विद्रोहीहरुले आफ्ना दुई ओटा ‘अराम्को पम्पीङ स्टेशन’ मा पनि आक्रमण गरेको साउदी अरबले बताएको छ। साउदी अरब नेतृत्वको गठबन्धनको सहयोग र समर्थन पाएको यमनी सरकारले हुथी विद्रोहीविरुद्ध कारवाही चलाइरहेको छ। (रासस)