काठमाडौँ - संसदको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मिडिया काउन्सिलसम्बन्धी विधेयक अगाडि बढाए सदन र सडकमा शक्ति प्रदर्शन गर्ने बताएको छ।
कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले मानवअधिकार आयोग, मिडिया काउन्सिल र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक सच्चाउन माग गरेको छ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले तीन वटै विधेयक संविधान प्रतिकुल आएको स्पष्ट पारेका छन्। उनले तीन वटै विधेयक संविधान विपरित भएका कारण सरकारले फिर्ता लिनुपर्ने धारणा राखेका छन्।
संचेतक खाँडले भने, ‘मिडिया काउन्सिल विधेयकले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता कुन्ठित गर्ने खालको छ। यदि जबरजस्ती विधेयकलाई अगाडि बढाउन खोज्यो भने कांग्रेसले सदन र सडकमा आफ्नो शक्ति परिचालन गर्नेछ।’