काठमाडौँ - प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का नेता नरबहादुर कार्कीले जनताको देशभक्ति आक्रोशमा सरकारले ध्यू थप्ने काम गरिरहेको बताएका छन्।
सामाजिक सञ्जाल फेशबुकमा उनले एक स्टाटस लेखेर भनेका छन्, ‘यहाँ शहीदहरूका पिता हिरासतमा, गणतन्त्रका सेना खाडीमा, जनजीविका सन्दुसमा र दलालका हात सत्ता छ।’
‘यहाँ आमा रिसाउनुको कारण, मिठा प्रवचन सुन्न नपाएर होइन, आफ्नो छोरो हिरासतमा, लोग्ने खाडीमा हुँदा देश भक्ति रापकाे आक्रोश चलेर हो। कुनै नेतासँग क्षमता छ, याे देशभक्ति आक्रोशलाई सम्बोधन गर्ने ? उल्टै मुल मान्छेहरू आक्रोशको आगोमा घिउ थप्न व्यस्त छन्।’
उनले अघि लेखेका छन्, ‘आतंककारीको हवाला, मृत्युदण्ड, प्रतिबन्ध, निम्छरा, लुटेरा आदी शब्दको बजारिकरण गरेर नेपाल कम्युनिष्ट पार्टीका निहत्था सयौं राजनीतिक बन्दिलाई जबरजस्ती अपराधी बनाउने ? खुट्टामा गोली हान्ने अविष्कारक को हुन ?
नेपाली जनताले को बाट सालीनता सिक्दैछन ? उपेद्रजी को बाट सिक्दैछन ? ढिलो भएको छैन, एउटा सत्य स्विकार गरौं, लाखौं माकुराका जालोहरूले सिंहलाई पनि बाध्न सक्छन ! गर्जन र अभिमानभन्दा देशको अवस्थाप्रति गम्भिर र बिवेकी बनौं। तमासा त सर्कसमा पनि हेर्न पाईन्छ।
किन रेल पत्याएनन ? किन पानी जहाजका कार्टुन बने ? किन स्याटलाइटको प्रचार झुटो सावित गरे ? किन बालुवाटार र एनसेल कर खोजे ? किन टुटीबाट ग्यास खोजे ? अनी हावाबाट बिजुली मागे ? किन वाइडबडी काण्ड न्यारो क्लिनिङ गर्न पाइन्न भने ? भन्नेले जे सुकै नियत र पुर्वाग्रह राखे पनि त्यसको जवाफ धम्किले दिने रहर किन पलायो ?
भनिन्छ, आक्रोश दुर्बल हुनुको परिचय हो। यती ठूलो भिमकाय सुदर्शन चक्राधारी सत्ताको आवाजमा यो कुन डरको संक्रमण हो ? ओली सरकारको रक्षा कवच - बारम्बार बुमर्याङ प्रहार किन गर्दैछ?
हामी तार्किक युगमा छौ, विश्वासिहरू त बुढेसकालको भत्ता पर्खेका पुस्ता थिए होलान्। लिक्वानको सिङ्गापूर र माथिरको मलेशिया सुत्र पढेर सरकारलाई सल्लाह दिने मान्छे र मलहोत्राको ब्रेकइङ इन्डिया पढेर प्रतिगामी अडान बनाएका केही सरकार बिरोधिको प्रसँग नमिलेका सन्दर्भको भद्दा नक्कल हो।
मलहोत्राको किताब मोदीलाई र लिक्वन र माथिरको फर्मुला उनीहरूकै देशमा मात्रा मिल्छ। पुटिनको तार्किकता र ट्रम्पको हुंकार उनीहरूका व्यवस्था र प्रणालिको अक्षुणताले जन्माउछ, भोटले होइन।
यहाँ शहीदका पिता हिरासतमा, गणतन्त्रका सेना खाडीमा, जनजविीका म्द्दा सन्दुसमा र दलालका हात सत्ता छ। यहाँ आमा रिसाउनुको कारण, मिठा प्रवचन सुन्न नपाएर होइन, आफ्नो छोरो हिरासतमा, लोग्ने खाडीमा हुँदा देश भक्तिको रापले आक्रोश चलेको हो। कती नेतासँग सिप छ, यो देशभक्ति आक्रोषलाई सम्बोधन गर्ने ? तर मुल मान्छेहरू भने आक्रोशको आगोमा ध्यू थप्न व्यस्त छन्।’