जनकपुरधाम - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले मिडिया काउन्सिल मार्फत प्रेस स्वतन्त्रतालाई सरकारले मन्त्रालयको शाखाको रुपमा परिणत गर्ने खाजेको आरोप लगाएका छन्।
मंगलबार बिहान नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस उपसभापति निधिले प्रेस जगतको स्वतन्त्रता माथि आक्रमण गर्नु लोकतन्त्रमाथिको आक्रमण भएकोले तत्काल मिडिया काउन्सिल सम्बन्धि विधेयक फिर्ता लिन माग समेत गरेका छन्।
पत्रकारहरुलाई मर्यादित बनाउनका लागि प्रेस काउन्सिल रहेकै अवस्थामा मिडिया काउन्सिल सम्बन्धि ऐनको कुनै आवश्यक्ता नरहेको उनको भनाई थियो। उनले भने, ‘पत्रकारहरुको प्रतिनिधिसंग छलफल गरेर प्रेस काउन्सिललाई अझै मर्यादित, अझै स्वतन्त्र बनाउन सकिने गरी संशोधन गर्न सकिने छ।’