बुटवल - पूर्वसभामुख ओनसरी घर्तीले संसदीय मर्यादा कमजोर बन्दै गएको बताएकी छन् । उनले संसद् मर्यादा पालनको उच्च थलो भएको भन्दै त्यसलाई कमजोर बनाउन नहुने बताइन् ।
आइतवार बुटवलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै उनले पछिल्लो पटक संसदमा भएका घटनाहरूले नकारात्मक सन्देश प्रवाह गरेको भन्दै सचेत हुनुपर्ने बताइन् ।