दाङ - नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीले थालेको जागरण अभियान माथिल्लो तहसम्म आवश्यक रहेको बताएका छन्।
दाङको श्रीगाउँमा प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै जागरण अभियान केन्द्रीय स्तरका नेताहरुका लागि पनि आवश्यक रहेको बताए।
उनले भने, ‘अहिले जिल्ला तहमा जागरण अभियान चलिरहेको छ, तर त्यो जागरण अभियान माथिसम्म पुग्नुपर्छ,’ माथिल्लो तहका नेतामा पनि जागरण आएन भने पार्टी सुधार हुन सक्दैन।’
पार्टीभित्रको वेमेललाई एक ढिक्का बनाउनु पर्ने उनले बताए। पार्टीमा व्याप्त गुट-उपगुटले संगठन कमजोर भएको उल्लेख गर्दै उनले सुधार आवश्यक रहेको उल्लेख गरे। उनले केन्द्रीय स्तरका नेताभन्दा तल्लो तहका कार्यकर्ताको समर्थनले कांग्रेस जोगिएको र बलियो भएको बताए ।