काठमाडौँ – नेपाल इन्स्योरेन्स कम्पनीले कित्ता शेयर लिलामी गर्ने भएको छ। कम्पनीले जेठ ५ गतेदेखि १ लाख ४७ हजार १ सय ३ दशमलव ८ कित्ता शेयर लिलामी गर्ने भएको छ।
कम्पनीले सर्वसाधारण समूहको १ लाख ४४ हजार ५ सय ८१ दशमलव ३६ कित्ता र संस्थापक समूहको २ हजार ५ सय ११ दशमलव ७३ कित्ता शेयर लिलामी प्रक्रियामार्फत विक्री गर्न लागेको हो।
लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने हुन्छ। यो लिलामी जेठ १९ गते अपरान्ह ३ बजेभित्र बोलपत्र पेश गरिसक्नुपर्नेछ। लिलामी शेयरमा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
कम्पनीले यसअघि ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । त्यसबेला विक्री हुन बाँकी रहेको शेयर अहिले लिलामीमा ल्याइएको हो। कम्पनीले गत फागुन २१ देखि चैत्र २५ गतेसम्म ४० लाख १४ हजार ६ सय ५१ दशमलव ५८ कित्ता हकप्रद सेयर विक्री खुला गरेकोमा ३८ लाख ६७ हजार २ सय ८८ दशमलव ५० कित्ता हकप्रद मात्र बाँडफाँट भएको थियो।