काठमाडौँ – युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले १३ औँ सागको तयारीमा सरकार जुटिरहेको बताएका छन्। आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगिता भव्य रुपमा आयोजना र सफल रुपमा सम्पन्न गर्नेगरि सरकार तयारीमा जुटिरहेको विश्वकर्माले दावी गरे।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले अब साग प्रतियोगितको मितिमा कुनै द्धिविधा नभएको पनि स्पष्ट पारे। उनले भने, ‘अब हामीले छिट्टै लोगो र मस्कट सार्वजनिक गर्छौं।’
१३ औँ साग प्रतियोगितमा नेपालले आफ्नो इतिहास कायम र रक्षा गर्ने अभिभारा आफूहरुसँग रहेको पनि मन्त्रीले विश्वकर्माले बताए। उनले यो प्रतियोगितमा धेरैभन्दा धेरै पदक जित्ने आफूहरुको लक्ष्य र विश्वास रहेको पनि दाबी गरे। उनले भने, ‘हामी उच्च मनोबल र ठूलो लक्ष्य राखेर अघि बढिरहेको छ ।’
त्यस्तै, प्रतियोगितालाई लक्षित गरेर पूर्वाधार निर्माणका काम तिव्र गतिमा भैरहेको पनि उनले जनाए।