काठमाडौँ - हाल संघीय समाजवादी फोरमसँग एकता भएको नयाँ शक्ति पार्टीकी पूर्व सांसद सीमाकुमारी विक नेकपा प्रवेश गरेकी छन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार उनलाई पार्टीमा स्वागत गरेका छन्। पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए।
पूर्व सांसद विक राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकमा थिइन्। गत वर्ष नयाँ शक्तिमा प्रवेश गरेकी थिइन। पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै उनी नेकपा प्रवेश गरेकी हुन्।