काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक १ दशमलव ८७ विन्दुले बढेर १ हजार ३ सय १ दशमलव २८ विन्दुले बढेको छ।
यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २७ विन्दुले बढेर २ सय ७९ दशमलव २४ विन्दुमा पुगेको छ। स्टकका अनुसार कूल १ सय ७६ कम्पनीको २५ लाख २० हजार ७ सय ९० कित्ता शेयर रू. ७२ करोड ८८ लाख २८ लाख ७ सय ४५ मूल्यमा खरीद–विक्री भएको छ। नेप्से परिसूचक समान्य अङ्कले बढ्दा कारोवार रकम भने सोमबारको तुलनामा वृद्धि भएको हो।
कारोवार भएका कुल १० उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर भने वृद्धि भएको छ। बैंकिङ २ दशमलव ५६ र वित्त १ दशमलव ९३ विन्दुले घटेको छ। होटल १ सय १ दशमलव ७, विकास बैंक २ दशमलव २, जलविद्युत १ दशमलव ३७, निर्जीवन बीमा ५ दशमलव २३, उत्पादन १५ दशमलव ८१, अन्य ९ दशमलव ४७, लघुवित्त ४ दशमलव १२ र जीवन बीमा १ दशमलव ८ विन्दुले बढेको छ।
स्टकका अनुसार आज एनसीसी बैंक कारोवारमा शीर्ष स्थानमा छ। प्रतिकित्ता रू. २ सय ४८ मा रू. ५ करोड ९४ लाख ६८ हजार १ सय २८ मा सो बैंकको शेयर कारोवार भएको छ। यस्तै, शिवम् सिमेन्ट रू. ४ करोड ९० लाख १८ हजार ६ सय ९७, नेपाल बैंक लिमिटेड रू. ३ करोड ५७ लाख ८९ हजार १ सय ६२, नागरिक लागनी कोष रू. २ करोड ६५ लाख ९४ हजार ७३ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ।
आज हिमालयन डिस्टिलरीका शेयरधनीले १० प्रतिशतले कमाएका छन्। यस्तै,ओरियण्टल होटल ६ दशमलव ७५, राधी विद्युत कम्पनी ५ दशमलव ७३, सोल्टी होटल ५ दशमलव २६ र सिन्धु विकास बैंकका शेयरधनीले ४ दशमलव ६५ प्रतिशतले कमाएको छ।
पाँचथर पावर कम्पनीका शेयरधनीले ९ दशमलव ६२ विन्दुले गुमाएको छ। समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ५ दशमलव ६३, नेशनल हाइड्रोपावर ४.१२, सपोर्ट माइक्रोफाइनान्स ३.४, प्रोगेसिभ माइक्रोफाइनान्सका लगानीकर्ताले ३ दशमलव २५ प्रतिशतले गुमाएको छ।