एजेन्सी – नर्बेलाई अमेरिकाको जासुसी संस्था ‘सीआईए’ले अरबका ‘एक्टिभिष्ट’ खतरामा रहेको सूचना दिएको छ । नर्बेमा शरणार्थी भएर बसेका इस्लामिक स्वतन्त्रताका अभियान्ता, इयाद–इल–बग्दादीलाई साउदी अरबबाट सुरक्षा खतरा रहेको सीआईएले जनाएको हो ।
बग्दादी साउदीका राजकुमार मोहम्मद बिन सलमानका खरो आलोचक हुन । अरब स्प्रिङमा अभियान्ता बग्दादीले साउदी अरबको तानाशाही शासन र न्यून स्तरका जनताको दिनचर्याको वकालत गरेर प्रसिद्धि कमाएका थिए । गएको अप्रिल २५ मा इल–बग्दादीलाई सुरक्षा खतरा रहेको जानकारी गराइएको थियो । त्यसबेला नर्बेका अधिकारीहरुले उनलाई सुरक्षित स्थानमा सारेका थिए । उनलाई साउदीबाट सुरक्षाको खतरा रहेको समेत जानकारी दिइएको थियो । बग्दादी प्यालेस्टाइनमा जन्मिएका एक लेखक हुन् । तर उनी साउदी अरबमा हुर्किएका हुन् ।
सन् २०१५ पछि ट्वीटका कारण उनी प्रसिद्ध छन् । उनले विशेषगरी अरबी लेखहरु अंग्रेजीमा अनुवाद गरेर ट्वीट गर्ने गरेका छन् । साउदी अरबमा नेताहरुको आलोचना गर्न पनि उनी अब्बल छन् । उनलाई साउदी अरबले पश्चिमी देशका नेताहरूसँग आफ्नो देशको सूचना चुहाएको आरोप लाग्ने गरेको छ ।
साउदी अरबका नेताहरुको आलोचना गरेकै कारण साउदीले पटक–पटक पक्राउ जारी गरेपछि सन् २०१५ मा उनी नर्बेमा शरण लिन गएका थिए । त्यसपछि उनले साउदीका राजकुमारलाई कडा आलोचना गर्न शुरू गरेका थिए ।
उनले ट्वीटरमा लेखेका थिए, ‘यदि मलाई अपहरण गरियो भने त्यसपछि मेरो हत्या निश्चित हुनेछ ।’ उनले ट्वीटमा गएको दुई हप्तादेखि सुरक्षाका कारण तनावमा रहेको तर त्यसलाई ‘म्यानेज’ गरिरहेको बताएका छन् ।
https://twitter.com/iyad_elbaghdadi/status/1125709666032455680