काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रदिप गिरिले सरकारका कदम समाजवाद तिर या दलालवाद तिर उन्मुख हो भनेर प्रश्न गरेका छन्। सोमबार संसदमा सरकारका नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उनले भने, ‘विकास र समृद्धिको लागि सरकारको दिनको एक कदम प्रयाप्त छ। तर कदम कता तीर चालिदैँ छ । पूर्व तिरकी पश्चिम तिर ? समाजवाद उन्मुख तिर की दलालोबाद तर्फ ?’
उनले अघि भने, ‘अक्सर राष्ट्रपति र प्रधानमन्त्रीले के गर्छन भने आफ्नो चाहानलाई जनताको चाहान भनेर बुझ्छन्। आफ्नो चाहानालाई जनताको चाहान भनेर बुझन थाल्यो भने मुस्किल हुन्छ। पानी जहाज मुलुकलाई चाहीएको छ। नचाहिएको होइन् । तर एउटा चलिराखेको हवाइजहाजको पनि बिजोग छ। त्यो बिजोग गर्ने श्रेय अलि अलि हामी पनि लिन्छौं।’
‘धमिजा काण्ड, लाउडा काण्ड, वाइडवढी काण्ड। अरे बाबा दश वटा हावाइज प्रतिस्पर्धामा हाम्रो नेपाल एरलाइन्स त चलिदिवस्। नेपाल एर्लाइन्सलाई पहिले चलाउन। २०र२५ वटा जहाज चलाउन। त्यसपछि रेल भनौंला’, उनले भने, ‘त्यस पछि पानी जहाज पनि चलाउँला। नचलाउने कुरै छैन। एउटा क्रमिकता बनाउन । होइन भने जनताका चाहानाका बारेमा त्यसलाइ माकस्बादी शैलिमा मनोगत पारामा बात नगरौँ। बस्तुगत पाराले बात गरौँ।
उनले भने, ‘यो लोकतान्त्रीक वक्तव्य होइन् । तर चुनौति दिन चाहान्छु । छोड्दिनुहोस जनमत संग्रह गर्ने कुरा हावादारि हुन्छ। यो संसदमा मात्र ह्वीप लागु नहुने गरी गोप्य ढंगबाट थाहा होसत। पानी जहाजको कुरा कतिलाइ मान्य छ। हेरौ त । त्यसैले राष्ट्रपति महोदय, प्रधानमन्त्री महोदय जनताको चाहना हजुरको चाहना हो । मेरो पूर्ण समर्थन छ । तर रेल पानी जहाज अलिकति ढिलो गरौँ। र वृक्षा रोपण पहिले गरौँ।’