काठमाडौँ – लगातार घट्दै आएको शेयर बजार आज भने करिब २२ अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक २१ दशमलव ७३ बिन्दुले वृद्धि भई १ हजार २ सय ९९ दशमलव ४१ बिन्दुमा पुगेको छ। प्रतिशत आधारमा हेर्दा आज साेमबार बजार १ दशमलव ७० प्रतिशतले वृद्धि भएको हो।
यस्तै, ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव शून्य १ अङ्कले बढेको छ। सेन्सेटिभ परिसूचक भने १ दशमलव ८३ प्रतिशतले वृद्धि भएको छ। उच्च अङ्कले नेप्से परिसूचक वृद्धि भए पनि कारोवार रकम भने सोही अनुसार वृद्धि हुन सकेन। कुल १ सय ७२ कम्पनीको २० लाख ७५ हजार ४० कित्ता शेयर रू. ६३ करोड ३६ लाख ५३ हजार ५ सय २९ मूल्यमा कारोबार भएको छ।
स्टकका अनुसार कारोवार भएका कुल ११ उपसमूहमध्ये आज अन्य उपसमूह बाहेक अरू सबै उपसमूहको शेयर वृद्धि भएको छ। अन्य उपसमूह शून्य दशमलव ८५ बिन्दुले घटेको छ। बैंकिङ २९ दशमलव ६१, व्यापार १० दशमलव ३५, होटल १९ दशमलव ८४, विकास बैंक १५ दशमलव ८६, जलविद्युत् तीन दशमलव ३६, वित्त एक दशमलव ७६, निर्जीवन बीमा ४ दशमलव ६६, उत्पादन ७३ दशमलव ३६, लघुवित्त १० दशमलव १७ र जीवन बीमा ७५ दशमलव ६९ बिन्दुले बढेका छन्।
स्टकका अनुसार कारोवारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। प्रतिकित्ता रू. ३ सय ८८ मा रू. ४ करोड ९४ लाख १५ हजार १ सय ५२ मूल्यमा शिवम्को कारोवार भएको छ। यस्तै, जनता बैंकको ३ करोड ८६ लाख ५४ हजार ६ सय ७८, नेपाल बैंक लिमिटेड रू. ३ करोड ८५ लाख ५२ हजार ३ सय ५९, एनएमबी बैंक ३ करोड १० लाख १४ हजार ३ सय ७७, प्रभु बैंक रू. २ करोड ४० लाख ९४ हजार ९, नेको इन्स्योरेन्स रू. २ करोड २ लाख १ हजार ८ सय ५८ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ।
स्टकका अनुसार आज साल्ट ट्रेडिङ लिमिटेडका शेयरधनीले ९ दशमलव ७८ प्रतिशतले कमाए । मल्टीपर्पोज फाइनान्स कम्पनी ९ दशमलव ७०, शिवम् सिमेन्ट ८ दशमलव ३८, मेगा बैंक ६ दशमलव शुन्य ४, बैंक अफ कमाठमाडौँ ५ दशमलव ४५, एशियन लाइफ इन्स्योरेन्स ४ दशमलव ६०, जनता बैंकका शेयरधनीले ४ दशमलव ५२ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, पाँचथर पावर कम्पनीका शेयरधनीले ६ दशमलव २७ प्रतिशतले गुमाएको छ। मिर्मिरे लघुवित्त वित्तीय संस्था ५ दशमलव ५९, युनिभर्सल पावर कम्पनी ३ दशमलव १२, सिदार्थ इक्विटी फण्ड २ दशमलव ८३, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले २ दशमलव ३९ प्रतिशतले गुमाएको छ। (रासस)