काठमाडौँ - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैशाख २३ गते सोमबार नेपाल बन्दको घोषणा नगरिएको स्पष्ट पारेकाे छ।
विप्लव नेतृत्वको समूहले सोमबार नेपाल बन्द आह्वान गरेको भन्ने समाचार विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएपछि उक्त समुहले बन्दको आह्वान नगरेको स्पष्ट पारेको हो। उक्त समूहको केन्द्रीय कार्यालयले बन्दको कुनै कार्यक्रम नरहको भन्दै बन्दबारे भ्रम फैलाइएको जनाएको छ।
वैशाख १८ र १९ गते नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष नेपाल र इञ्चार्ज सुमनद्वारा जारी विज्ञप्तिमा भने वैशाख २३ गते बन्द घोषणा गरिएको छ। तर उक्त समूह कसको हो भन्ने खुलेको छैन र उक्त विज्ञप्तिको आधिकारिता पनि पृष्टि हुन सकेको छैन।