काठमाडौँ – मुलुकमा भईरहेको बेथितिको अन्त्य गर्न माग गर्दैै सरकारलाई युवाहरुले शनिबार राजधानीको माईतिघर मण्डलामा एक घण्टा ‘नागरिक खबरदारी’ प्रदर्शन गरेका छन्।
समाज र सिंगो राष्ट्रलाई नै चुनौती दिईरहेको सामाजिक तथा राष्ट्रिय मुद्धाहररूलाई चासो नदिई अपराधीहरुलाई उन्मुक्ति दिन खोजिएको भन्दै नागरिक युवा समूहद्वारा चर्को आवाज उठाएका छन्।
निर्मला पन्तको बलात्कारी र हत्यारा कहिले पत्ता लाग्छ ? ३३ कुईन्टल सुन कहाँ छ ? एनसेलसँग कर असुली कहिले ? बालुवाटारको जमिन खरिद विक्री गर्ने व्यक्तिहरुलाई कारवाही कहिले ? वाईडबडी काण्डका दोसी कहिले पत्ता लाग्छ ? जस्ता गम्भिर प्रश्नहरु युवाहररूले उठान गरेका थिए।
राष्ट्रिय युवा अधिकार संजालले आयोजन गरेको कार्यक्रममा महेन्द्र थापा, सुजन घले, अमिशा धिमाल, राम रोहन पन्त, नारायण कडरिया, शालिकराम पौडेललगायतले सरकारलाई खवरदारी विचार राखेका थिए।
भ्रष्ट्रचार, अनिमियतता लगायत अपराधजन्य विषयमा सरकार र सरोकारवाला गम्भीर नभएको आरोप लगाउँदै उक्त विषयमाथी शक्तिशाली छानविन समिति बनाएर अपराधी र मुद्धमा मुछिएका जोकोही भए पनि कारवाहीको दायरामा ल्याउन पर्ने युवाहररूको माग छ।
सुशासन र स्वतन्त्र अभिव्यक्तिलाई कुण्ठित नपार्न लोकतन्त्रको सुदृढीकरणको लागि युवाहररूले निरन्तर आवाज उठाउनु पर्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाको भनाई छ।