काठमाडौँ - नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीचको पार्टी एकता भोलि (सोमबार) हुने भएको छ। हिजो सहमति पत्रमा हस्ताक्षर भएको गरिएको थियो। शनिबार नयाँ शक्तिको कार्यालय बबरमहलमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
एकिकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमती भएको छ। नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, शोषणको अन्त्यगर्न पार्टीले भुमिका खेल्न सहमतीमा उल्लेख छ। पार्टीको पहिलो बरियतामा बाबुराम भट्टराई र दोस्रोमा उपेन्द्र यादव रहने सहमति भएको स्रोतले बताएको छ।
संघीय परिषदको अध्यक्षमा भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा यादवले गर्ने आन्तरिक सहमति भएको छ। संघीय परिषदको अध्यक्षलाई केन्द्रीय समितिको निर्णय उल्ट्याउने अधिकार हुने स्रोतले बतायो। एकिकृत पार्टीले सरकारलाई संविधान संशोधनको लागि अल्टिमेटम दिने र माग पुरा नभए संघीय समाजवादी फोरमले सरकार छाड्ने पनि सहमति भएको स्रोतले बताएको छ।