काठमाडौँ - छोरीका लागि स्वर्णिम नेपाल महाअभियानकी अभियन्ता एवम् नायिका रेखा थापाले बालुवाटारमा लेखिएको स्क्रीप्टले देश नचल्ने बताएकी छन्।
नेपालका लागि नेपाली नामक समूहले आज राजधानीमा आयोजना गरेको नागरिक खबरदारी कार्यक्रममा उनले भनिन्, ‘हामीले प्रश्न गर्न नपाउने ? हामीले बोल्न नपाउने ? निर्मलाको हत्यारा कहिले सार्वजनिक गरिन्छ ? एनसेलले कर कहिले तिर्छ ? जग्गा दलालहरुलाई कहिले कारबाही हुन्छ ?’
नेकपाका नेता योगेश भट्टराईलाई इंगित गर्दै नायिका थापाले भनिन्, ‘राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा शब्दको कुरा हो, सामान्य हो रे ? राष्ट्रपतिको नाममा अहिले कति जना युवाहरु जेलमा छन् ? आक्रोशमा आएर गालि गर्ने युवाहरुलाई शब्दकै आधारमा जेलमा हालिएको होइन ? उहाँहरूलाइ जनताकाे सामान्य आलाेचनासम्म पच्दैन, तर लोकतन्त्रमा कसैले त्यही शब्द बालेकाे भरमा जेलमा कोचिन बाध्य हुनुपर्ने, कसैलाई सामान्य हुने ?
उनले भनिन्, ‘म कुनै चर्चा लागि सडकमा आएकी होइन, लाखौ छोरीहरुको सवाल बोकेर सडकमा आएकी हुँ, विदेशमा बेचिएका युवाहरुको लागि सडकमा आएकी हुँ, मलाई रेखा थापा बनाउनु भएको हो, अब म त्यो ऋण तिर्न तयार छु।’