काठमाडौँ - यूनियन हाइड्रो पावर कम्पनीको आज शेयर बाँडफाँट भएको छ। ४५ हजार ४ सय ६२ आवेदकलाई ३४ लाख १० हजार ३ सय १० कित्ता शेयर बाँडफाँड भएको छ। आवेदनकर्ता सबैलाई शेयर दिँदै कम्पनीले शेयर बाँडफाँट गरेको हो।
आईपीओमा न्यूनतम ५० कित्ता शेयर आवेदन गर्ने सबैलाई मागअनुसार शेयर बाँडफाँट गरिएको लक्ष्मी क्यापिलले जनाएको छ। क्यापिटलका अनुसार सिआश्वा प्रणालीबाट ४७ हजार १ सय ८५ जनाले आवेदन दिएका थिए।
कम्पनीले चैत १३ देखि वैशाख १२ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरी विक्री नभएको ६ लाख २१ हजार ७ सय ९० कित्ता समेत गरेर कुल ३५ लाख ३४ हजार ३ सय ४० कित्ता आईपीओ विक्री खुला गरेको थियो।
जसमध्ये कर्मचारीका लागि ७० हजार ६ सय ८६ कित्ता सुरक्षित गरी बाँकी ३४ लाख ६३ हजार ६ सय ५४ कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरेको हो ।