काठमाडौँ - शेयर बजार ओरालो लाग्नेक्रम आज पनि जारी रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४ दशमलव २१ बिन्दुले घटेर एक हजार २ सय ९४ दशमलव ३९ बिन्दुमा झरेको छ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव २८ बिन्दुले घटेर २ सय ७७ दशमलव ८२ बिन्दुमा झरेको छ। कारोवार रकममा समेत उल्लेख्य अङ्कले घटेको छ। कूल १ सय ७० कम्पनीको १८ लाख ३ हजार २६ कित्ता शेयर रू. ५८ करोड ७८ लाख ५५ हजार १ सय १३ मूल्यमा खरीद विक्री भएको छ।
कारोवार भएका १० उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ। होटल १३ दशमलव ६३, निर्जीवन बीमा ३७ दशमलव ५५ र उत्पादन ३८ दशमलव ८ बिन्दुले बढेको छ। यस्तै बैंकिङ ६ दशमलव ६७, विकास बैंक १० दशमलव ३२, जलविद्युत् ४ दशमलव ५०, वित्त ३, अन्य १ दशमलव ३४, लघुवित्त ६ दशमलव ९ र जीवन बीमा १८ दशमलव ६८ बिन्दुले घटेको छ। कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। प्रतिकित्ता रू. ३ सय १४ मा रू. ४ करोड ७२ लाख ८ हजार ५ सय २३ मूल्यमा कारोवार भएको छ।
यस्तै दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। प्रतिकित्ता रू. १ हजार ३ मा रू. २ करोड ६६ लाख १५ हजार १ सय ३५ मा सो कम्पनीको शेयर कारोवार भएको छ। यस्तै शिवम् सिमेन्ट रू. २ करोड ५२ लाख १७ हजार २ सय ८२, सिभिल बैंक रू. २ करोड २ लाख ६६ हजार ९ सय ९१, छिमेक लघुवित्त वित्तीय संस्था रू. १ करोड ९४ लाख ५३ हजार ७ सय २८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ।
स्टकका अनुसार हिमालयन डिस्टिलरीका शेयरधनीले ५ दशमलव २७ प्रतिशतले कमाएका छन्। यस्तै शिवम् सिमेन्ट ४ दशमलव ८८, युनिभर्सल पावर कम्पनी ४ दशमलव ८, बोटलर्स नेपाल तराई ३ दशमलव ७९, प्रभु बैंकको संस्थापक शेयरधनीले ३ दशमलव ७७ प्रतिशतले कमाएका छन्। यस्तै युनाइटेड मोदी हाइड्रो पावर ५ दशमलव ४, नवील इक्विटी फण्ड ४ दशमलव ९४, एक्सेल डेभलपमेन्ट बैंक ४ दशमलव ७६, सिन्धु विकास बैंक ४ दशमलव ४१, रैराङ हाइड्रो पावरका शेयरधनीले ४. दशमलव १२ प्रतिशतले गुमाएका छन्। (रासस)