काठमाडौँ - साञ्जेन हाइड्रोपावरको आज आईपीओ बाँडफाँट भएको छ। साञ्जेनको ५४ लाख ७५ हजार कित्ता शेयरमध्ये सञ्चय कोषका सञ्चयकर्ता, कर्मचारी तथा म्युचुअल फण्डका लगानीकर्तालाई छुट्याएर बाँकी रहेको ४९ लाख ८२ हजार २ सय ५० कित्ता शेयर २ लाख ८८ हजार ८ सय ९७ जनालाई वितरण गरिएको छ।
कम्पनीको स्वीकृत आवेदनमध्ये १० कित्तामात्रै आवेदन गरेका ५ लाख ९ हजार ५ सय २८ जनालाई १० कित्ता मात्रै, २० कित्ता सोभन्दा माथि आवेदन दिएका आवेदकमध्ये ९१ दशमलव २३ प्रतिशतलाई २० कित्ताका दरमा शेयर बाँडफाँट गरिएको हो।
बिहीबार ऊर्जा मन्त्रालयमा आयोजित बाँडफाँट कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुनसमेतको उपस्थितिमा साञ्जेनको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले सर्वसाधारणका लागि ५४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेकोमा सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् २ लाख ७३ हजार ७ सय ५० कित्ता छुट्याइएको थियाे। ४ प्रतिशत अर्थात् २ लाख १९ हजार कित्ता आईपीओ कर्मचारीहरूका लागि र बाँकी ४९ लाख ८२ हजार २ सय ५० कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकाे थियाे।