काठमाडौँ – थाइल्याण्डका राजाले आफ्नो सुरक्षाका लागि खटिने टिमकी कार्यकारी प्रमुख सुथिदासँग विवाह गरेका छन्। ६६ वर्षका राजा माहा वाजिरालङकोर्नले आफ्नो बडिगार्डसँग विवाह गरेकी हुन्।
राजाले उनलाई रानीको उपाधि पनि दिएका छन्। माहाका पिता सन् २०१६ मा निधन भएपछि उनी राजा बनेका हुन्। उनले तीनपटक विवाह र सम्बन्ध विच्छेद गरिसकेका छन्।
उनका सात सन्तान छन्। सुथिदासँग राजा माहाको लामो समयदेखि प्रेम सम्बन्ध थियो। उनीहरु सार्वजनिक कार्यक्रममा सँगै देखिने गरेका थिए। (एजेन्सी)