काठमाडौँ - गोर्खाज फाइनान्सले चैत मसान्तसम्म ६ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेकाे छ। फाइनान्सले साउनदेखि चैतसम्मको अवधिमा सो मात्रामा नाफा कमाएकाे हो। गोर्खाजको उक्त नाफामा गैरसञ्चालन खर्च र प्रोभिजनको राइजब्याकको मुख्य भूमिका छ।
चैत मसान्तसम्म फाइनान्सको चुक्ता पूँजी ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ रहेको छ। फाइनान्सको उक्त निक्षेप र कर्जाको आधारमा सीसीडी अनुपात ७४ दशमलव ७२ प्रतिशत रहेकाे छ।
जगेडा कोष यस अवधिमा ७ दशमलव ९४ प्रतिशतले बढेर ३५ करोड २० लाख ३२ हजार रुपैयाँ पुगेको छ। गत वर्ष फाइनान्सको जगेडा कोषमा ३२ करोड ६१ लाख २० हजार रुपैयाँ रहेको थियो।
कुल ५ अर्ब ८२ करोड रुपैंया निक्षेप र ५ अर्ब १५ करोड रुपैंया कर्जा प्रवाह गरेको फाइनान्सले अघिल्लो वर्षको सञ्चालन घाटाको अवस्थामा करिब ९५ प्रतिशत सुधार ल्याएको छ।
फाइनान्सको कस्ट अफ फण्ड ९ दशमलव ७० रहँदा आधार ब्याजदर १२ दशमलव ८० प्रतिशत कायम भएको छ। यसको स्प्रेडदर ४ दशमलव ८७ प्रतिशत छ। साथै, फाइनान्सको चैत मसान्त सम्ममा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७६ पैसा रहेको छ। प्रतिशेयर नेटवर्थ १ सय ४० रुपैयाँ ५६ पैसा रहेको ।