काठमाडौँ - ग्लोबल आइएमई बैंकले सोमबार प्रदेश नं. ३ को सिन्धुली जिल्ला, कमलामाई नगरपालिका वडा नं.६ माडी बजारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।
बैंकले सिन्धुली जिल्ला र त्यस क्षेत्रका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ तरिकाले सबै प्रकारका बैंकिङ सेवाहरु प्रदान गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले १ सय ३७ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १ सय ४२ एटिएम, १० वटा एक्सटेन्सन काउण्टर तथा १ सय ३१ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि र सम्पर्क कार्यालय मार्फत १० लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।