सुडान - पूर्वराष्ट्रपतिको सत्ताबाट बहिर्गमनमा ‘सैनिक कू’ नभएको सुडानका प्रतिपक्षी दलले जनाएको छ।
विपक्षी दलका उच्च नेता साद्दिक अल–मेहदीले शनिबार स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै सुडानमा ‘सैन्य कू’ नभएको दाबी गरेका हुन्।
विपक्षी दलका उच्च नेता साद्दिकले भने, “लामो समयदेखि सत्ता सम्हालेका पूर्वराष्ट्रपतिले जनतालाई सुशासनको प्रत्याभूत गराउन नसकेको, मूल्यवृद्धि नियन्त्रण रोक्न नसकेको तथा देशमा अत्यधिक भ्रष्टाचार हुँदा पनि यसको नियन्त्रण गर्न असफल भएकाले उनले सत्ताबाट बाहिरिनुपरेको हो।”
बसिरको बहिर्गमनमा ‘सैन्य कू’ नभएको जनताको आन्दोलनले उच्च सफलता पाइरहेका समय सेनाले निर्वाचनबाट आउने नेतृत्वलाई जिम्मेवारी सुम्पने गरी सत्ताच्यूत गरिएको उनले दाबी गरे।
साद्दिकले भने, “सञ्चारकर्मीले सुडानमा के भइरहेको छ भन्नेबारे लेख्नु जरुरी रहेको छ। बसिरलाई जनताको जायज मागका आधारमा जनआन्दोलनको भरमा अपदस्थ गरेको हो। यसमा बहुमत जनताको समर्थन रहेको छ।” (रासस/एएफपी)