काठमाडौँ - रविन्द्र मिश्र नेतृत्व रहेको पार्टीको नाम परिवर्तन भएको छ। पार्टीको नाम परिवर्तन गरी (साझा विवेकशील पार्टी) बनाएको छ। योभन्दा पहिले पार्टीको नाम (विवेकशील साझा पार्टी) रहेको थियो।
पार्टीका नेता मुमाराम खनालले आगामी दिनमा पार्टीलाइ देशव्यापी रूपमा लैजान र उज्वल थापा नेतृत्वको पार्टीसँग जनतामा भ्रम नहुन नाम परिवर्तन गरेको बताए।
उनले भने, ‘अब पार्टी देशव्यापी रूपमा जाने भएकाले आफ्नै पहिचानमा विकास गर्न नाम परिवर्तन गरिएको हो।’ पार्टीको नाम पहिले ‘विवेकशील साझा पार्टी’ रहेकोमा अहिले साझा विवेकशील पार्टी’ बनाउको हो।