काठमाडौँ - मुक्तिनाथ विकास बैंकले चितवनको हाकिमचोकमा आफ्नो नयाँ शfखा कार्यालयको औपचारिक रूपमा उद्घाटन गरेको छ।उक्त शाखाको उद्घाटन भरतपुर नगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी हुन्।
शाखाको उद्घाटन गर्दै प्रमुख अतिथि शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराई मानिसहरूलाई व्यवसायी बन्नमा पुर्याएकोमा सहयोग उल्लेखनीय रहेको बताउँदै प्रशंसा गरिन्।
शाखा कार्यालयको उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिधिहरु, व्यापारी, कर्मचारी र समाजसेवीहरुको उपस्थिति रहेको थियो। याे शाखाकाे उद्घाटनसँगै अब मुक्तिनाथ विकास बैंकका देशैभरी १ सय १४ वटा शाखा कार्यालय पुगेका छन्।