काठमाडौँ - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आठौँ वार्षिक साधारणसभा हिजो बिहीबार सम्पन्न भएको छ। सभाले शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजीको २ प्रतिशतबराबरको बोनस र ४ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट राजेशकुमार श्रेष्ठ, सुनीलकुमार न्यौपाने र अभिषेक वज्राचायलाई सञ्चालकमा निर्वाचित गरेको छ।
बोनस शेयर पारित भएसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ।
आर्थिक वर्ष २०७५ र ७६ को पुस मसान्तसम्म बैंकले निक्षेप ६४ अर्ब १२ करोड र कर्जा रकम ५९ अर्ब ६१ करोड परिचालन गरी ५१ करोड ८१ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
बैंकले काठमाडौँ उपत्यकामा १३ शाखाहरू र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर ९८ शाखाहरू र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय ३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।