काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिभिल बैंकको मंगलबार शेयर मूल्य समायोजन गरेको छ। नेप्सेले बैंकको १० दशमलव २५ प्रतिशत बोनस शेयरपछि शेयरमूल्य समायोजन गरेको हो।
बैंकको बोनस शेयरपछि प्रतिकित्ता १ सय ५५ रुपैयाँ १० पैसामा शेयरमूल्य समायोजन भएको हो। यो समायोजनसँगै बैंकको शेयरमूल्य बढिरहेको छ।
बैंकको औसत आधार मूल्य १ सय ८३ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।