काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल पार्टी स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमबाट अचानक बाहिरिए।
सोमबार काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा आसन ग्रहण गरेलगत्तै नेता नेपाल बाहिरिएपछि नेकपामा नयाँ वहस शुरु भयाे। नेकपा स्थापना र एकताको दिनमासमेत शीर्ष नेताहरु एक स्थानमा बस्न नसकको देखेर पार्टीका नेता कार्यकर्ताहरुले मुखामुख गरिरहेको देखिन्थ्यो।
माधव नेपाल कार्यक्रबाट बाहिरिनुको कारण के हो ? भनेर जान्न खोज्दा पार्टीका एक नेताले भने, ‘अन्य केही कारणहरु पनि हुनसक्छन्, तर मैले बुझेको भन्नुपर्दा पार्टीको बरियताअनुसार केपी शर्मा ओली र प्रचण्डपछि नेता नेपालको लागि कुर्चि खालि हुनुपर्ने थियो।
उनले भने, तर ओलीपछि पूर्व प्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता झलनाथ खनाल बस्नु भएको थियो। प्रचण्डको कुर्चि साइडमा बामदेव गौतम बस्नु भएको थियो, पार्टी महासचिवले वरियताको आधारमा माधव कमरेडको नाम तेस्रो स्थानमा वाचन गर्नु भएको थियो। नाम वाचनपछि माधव नेपाल आसनग्रहरण गर्न जाँदा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कुर्चि छोडेर अर्कोमा बस्नु भयो। श्रेष्ठले नेपाललाई यहाँ बस्नुहोस् भन्नु भयो तर नेता नेपाल बस्नु भएन, उहाँ बाहिरिनु भयो।’
माधव नेपाल जस्तो नेताले कुर्सिको लागि त्यसरी कार्यक्रम बहिष्कार गर्नु भएको सत्य हो ? भनेर सोधिएको अर्को प्रश्नको जवाफमा उनले अगाडि भने, ‘कुर्चिको लागि मात्रै होईन, जिल्ला अध्यक्षको सूचि चेन्ज गरिएको रहेछ। शीर्ष नेताहरुको बीचमा भएको सहमतिअनुुसार सूचि बाहिर आएन, मच्चमै पनि नेता नेपालले यो भएन, के गरेको भन्ने खालको ‘साइड टक’ गरिरहनु भएको थियो।’