काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको एकता भएको एक वर्षपछि जिल्ला अध्यक्ष र सचिव चयन गरिएको छ।
आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेर जिल्लाका पदाधिकारी चयन गरिएको हो।
तत्कालीन एमालेकाे पक्षमा रहेका अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ।
जसका कारण जिल्ला अध्यक्षको जिम्मेवारी पूरा गरेका नेता सचिवमा घटुवा पनि भएका छन्।
