काठमाडौँ - गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आज (सोमबार) देखि आईपीओ खुलेको छ। फाइनान्सले जम्मा ३ लाख ३५ हजार कित्तामध्ये कर्मचारी र म्युचुअल फण्डको आरक्षण कटाएर बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ता शेयरका लागि सोमबार बैंकिङ्ग समयदेखि आवेदन खुला हुने जनाएकाे छ। उक्त कम्पनीको आईपीओ बिहीबार बन्द हुनेछ।
न्यूनतम १० देखि १५ सय कित्तासम्म आवेदन गर्न सकिने उक्त शेयर ३१ हजार ३ सय ७ जनालाई १०/१० कित्ताका दरले वितरण हुने भएको छ। यदि आवेदनको संख्या ३१ हजारभन्दा कम भए आवेदनलाई २० कित्ता शेयर पर्ने सम्भावना रहन्छ।
उक्त आवेदन डिम्याट खातासँग लिंक भएका जुनसुकै बैंक खाता भएको शाखाहरुबाट भर्न सकिन्छ। यसैगरी मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेट सुविधा भएका जुनसुकै स्थानमा रहेर पनि भर्न सकिन्छ।