काठमाडौँ - प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकले सबै जिल्लाका अध्यक्ष र सचिव टुंगो लगाएको हो।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित पार्टीका शीर्ष नेताहरुबीच बसेको बैठकले सबै जिल्लाका लागि अध्यक्ष र सचिव टुंगो लगाएको हो।
बैठकमा तत्कालीन एमाले र माओवादीका तर्फबाट कुन जिल्लाको पद कसले पाए भन्ने गोप्य राखिएको छ। नेकपाको स्थापना दिवसको अवसरमा आज बैशाख ९ गते एक कार्यक्रमका बीच सार्वजनिक गर्ने बुझिएको छ।