काठमाडौँ - हिन्दु राज्य पुनःस्थापनालगायतका २२ सुत्रीय माग राखेर आन्दोलन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारले आइतबार वार्ताका लागि पत्र पठाएको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले अध्यक्ष कमल थापाको नाममा पत्र लेखेर मंगलबार १ बजेका लागि वार्तामा आउन पत्र पठाएका हुन्।
राप्रपाको शनिबार बसेको आकस्मिक बैठकले पहिलो चरणको आन्दोलन सफल भएको निस्कर्ष निकाल्दै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयजकत्वमा दोस्रो चरणको आन्दोलनको कार्ययोजना बनाउन कार्यदल गठन गरेको थियो।