काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पोलिटब्युराे कमिटी १ सय ५० सदस्यीय बन्ने भएको छ। पोलिटब्यूरो कमिटीमा पूर्वएमालेबाट ८० तथा पूर्वमाओवादीबाट ६० जना सदस्य रहनेछन्। केन्द्रीय कमिटीको एक तिहाई अर्थात् १ सय ५० को हाराहारीमा पोलिटब्यूरो बन्ने पक्का भएको हाे।
यसअघि केन्द्रीय कमिटी, स्थायी कमिटी र केन्द्रीय सचिवालयको संरचना बनिसकेको छ। बालुवाटारमा आज बिहानदेखि जारी शीर्ष नेताको बैठकले पोलिटब्यूराे गठन गर्ने सहमति गरेको छ।
नेकपाले पेशागत जिल्ला कमिटीहरुलाई समेटेर उपत्यका विशेष प्रदेश कमिटीसमेत गठन गर्ने भएको छ। उक्त प्रदेश कमिटीअन्तर्गत जनवर्गीय संगठनहरु पनि समेटिनेछन्।
वैशाख ९ गते राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा स्थापना दिवसको अवसरमा एकताका बाँकी काम सार्वजनिक गर्ने नेकपाको तयारी छ।