वासिङ्टन - संयुक्तराज्य अमेरिकाका मिसिसिपी र अलाबामा राज्यमा आएको आँधीका कारण ४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रूखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। अरू २ जनाको गाडी चलाइरहेका बेला मृत्यु भएको थियो।
अलाबामा राज्यको पेल नगरमा एक ४२ वर्षीया महिलाको घुम्ती निवासमा रूखले थिचेर मृत्यु भएको थियो।
बिहीबारको आँधीले अमेरिकाको दक्षिणमा रहेका अलाबामा, मिसिसिपी, लुजियाना र टेक्सास समेतका राज्यहरूमा व्यापक क्षति गरेको थियो।
मिसिसिपी राज्यमा आँधीबाट सर्वाधिक प्रभाव परेको थियो। १ लाखभन्दा बढी मानिसका घरमा विद्युत सेवा अवरुद्ध भएको छ। (सिन्ह्वा)