काडमाडौँ - देवः विकास बैंक लिमिटेडले शेयरधनीलाई ५ दशमलव ५ प्रतिशत बोनस शेयर दिने घाेषणा गरेकाे छ। उक्त प्रस्ताव हालै सम्पन्न बैंक सञ्चालक समितिको बैठकले गरेको हो। बैंकले गत आर्थिक वर्षको नाफाबाट उक्त परिमाणकाे बाेनस शेयर दिने घोषणा गरेको हाे।
बैंकले प्रस्ताव गरेको चुक्ता पूँजीको ५ दशमलव ५ प्रतिशत बोनस शेयरपछि विकास बैंकको चुक्ता पूँजी २ अर्ब ६७ करोड ३० लाख रुपैयाँ पुग्नेछ। हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। पछिल्लो समय बैंककाे शेयर मूल्य प्रतिकित्ता १ सय २९ रुपैयाँ रहेको छ।
बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ।