विराटनगर – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मोरङको सुन्दरहरैचा–७ बेलगाछीमा बिहीबार बिहान राखेको कुकर बम नेपाली सेनाले निष्कृय पारेको छ।
पूर्वपश्चिम राजमार्गको बेलगाछी सडकखण्डमा भेटिएको कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रित पारेको हो।
बम भेटिएपछि आसपासको क्षेत्रमा त्रास फैलिएको छ। पूर्वपश्चिम लोकमार्ग केही समय अवरुद्ध भएको थियो। उक्त शंकास्पद वस्तु सेनाले डिस्पोज गरेपछि अवरुद्ध भएको सडक खुलेको छ।
विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा बिहानै सो शंकास्पद वस्तु भेटिएको हो। बन्द सफल पार्न विप्लव समूहले बम राखेको हुन सक्ने प्रहरीले बताएको छ।