काठमाडौँ - प्रभु बैंक लिमिटेडले ‘प्रभु चेतना बचत खाता’ नामको नयाँ बैंक खाता सञ्चालनमा ल्याएको छ। बैंकले नेपाल सरकारले शुभारम्भ गरेको ‘खोलौं बैंक खाता अभियान, २०७६’ अभियानलाई सफल रूपमा कार्यान्वयन गर्न उक्त नयाँ खाता सञ्चालनमा ल्याएको बताएको छ।
सबै नेपालीहरूलाई बैंकिङ प्रणालीभित्र अटाउने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त खातामा बैंकको तर्फबाट रू. १००।– जम्मा गरिदिने व्यवस्था रहेको छ।
बैंकका अनुसार प्रभु चेतना बचत खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ। साथै यो खाता खोलने व्यक्तिले निःशुल्क भिसा कार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ।
प्रभु चेताना बचत खाताले नेपाल सरकारको ‘खोलौं बैंक खाता अभियान, २०७६’ को सफल कार्यान्वयन हुने तथा ग्राहक महानुभावहरूले प्रभु चेतना बचत खाता खोली लाभ प्राप्त गर्ने बैंकको विश्वास छ।