काठमाडौँ - बालुवाटार स्थित ललिता निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपाली दलका नेता कार्यकर्ता पक्राउ परेका छन्।
सरकारी कर्मचारी मिलेर ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको खुलेपछि चौतर्फी विरोध भइरहेको छ। विवेकशीलले बुधबार सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम राखेको थियो।
प्रहरीले निषेधित क्षेत्र तोडेको भन्दै विवेकशीलका कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ।