काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंक र ग्रामीण विकास लघुवित्त वित्तिय संस्थाको शेयर मूल्य समायोजन भएको छ। सोमबार मात्रै यो दुई कम्पनीको क्रमशः बोनस र हकप्रद पछिको शेयरको मूल्य समायोजन भएको हो।
ग्रामीण लघुवित्तको ५० प्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन भएको हो। मूल्य समायोजनपश्चात संस्थाको शेयर मूल्य प्रतिकित्ता ३ सय ३० दशमलव ६७ रुपैयाँ रहेको छ र आधार मूल्य प्रतिकित्ता दुई सय १५ दशमलव ५५ रुपैयाँ रहेकाे छ।
सेञ्चुरी बैंकको दुई प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ। मूल्य समायोजनपछि यसको शेयर कारोबार प्रतिकित्ता १ सय ६६ दशमलव ६७ पैसालाई आधार मानेर खुलेको छ। यसको औसत आधार मूल्य २ सय १४ दशमलव ८३ पैसा रहेको छ।