काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ वर्षको अवसर पारेर वैशाख ११ गतेदेखि पार्टी संगठन सुदृढीकरण लागि जागरण अभियान सञ्चालन गर्ने भएको छ।
कांग्रेसले उक्त अभियानका लागि कार्यक्रम र समयतालिका भने औपचारिक रुपमा घोषणा गरेको छैन्। औपाचारीक घोषणाको तयारीमा जुटिरहेको र केही दिनभित्रै कार्यक्रमहरु सार्वजनिक गरिने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली पब्लिकलाई जानकारी दिएका छन्।
प्रवक्ता शर्माले भने, हाम्रो अभियान तीन चरणमा वैशाखदेखि मंसिरसम्म चल्नेछ। जागरण अभियानका लागि सचिवालयले कार्यक्रम तयार पारिरहेको छ।
पार्टी केन्द्रीय कार्यालयले गर्ने कार्यक्रमका अतिरिक्त केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षणका कार्यक्रम लैजाने छ। अभियान पहिलो चरणमा ७७ जिल्ला, दोस्रो चरणमा ३ सय ३० निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५१ स्थानीय तहमा पुर्याउने लक्ष्य छ।’