काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुहरुको बाहूल्य रहेको मुलुकलाई हिन्दु राष्ट्र बनाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बेवास्ता गरिरहेको गुनासो गरेका छन्।
हिन्दु राष्ट्र पुनर्स्थापनाको मागसहित बिहीबार काठमाडौँमा पार्टीले आयोजना गरेको दवावमूलक कार्यक्रममा बोल्दै थापाले यस्तो गुनासो गरेका थिए।
त्यस्तै थापाले सरकार मुलुकमा लुटतन्त्र मच्चाउन लागिपरेको आरोप लगाएका छन्। उनले वाइडबडी विमान खरिद, एनसेल, मेलम्ची खानेपानीमा ठूलो भ्रष्टाचार भइरहेको बेला प्रधानमन्त्री निवासको जग्गासमेत ‘जग्गा दलाल’ ले आफ्नो नाममा लिएको समाचार आएको भन्दै आक्रोश पोखेका छन्।