काठमाडौँ – सरकारले क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ। बिहिबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपायलमा रहेको क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको जानकारी दिए।
संघीयता अघि पाँच विकास क्षेत्रमा क्षेत्रीय प्रशासन कार्यालय थिए। अब ती कार्यालयहरुमा रहेका सम्पूर्ण स्रोतसाधन, चलअचल सम्पत्ति, अभिलेखहरु मुख्यमन्त्री र सम्बन्धित मन्त्रिपरिषद् कार्यालय मातहत रहने समेत मन्त्रीपरिषद बैठकले निर्णय गरेको छ।
यसबाहेक मन्त्रीपरिषद बैठकले ९ निर्णय गरेको छ। ती निर्णय यसप्रकार छन्ः